| बुधबार, कार्तिक २५, २०८३

गोरखामा चोरी गरेको अरोपमा एक जना पक्राउ

गोरखा प्रहरीले चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नं. ११ बस्ने २० वर्षीय निरज ढकाललाई चोरी गरेको आरोपमा प्रकाउ परेका हुन् । गत २१ गते गोरखा नगरपालिका–८ को चाइनिज धारामा रहेको कृण्णमान श्रेष्ठ ईश्वरको श्रेष्ठ किराना पसलबाट ७६ हजार ५०० रुपैयाँ मुल्य बरावरका विभिन्न सामाग्री चोरी भएको थियो ।

सोही घटनाको अनुसन्धानको क्रम चोरी भएको भनिएको सामान ढकालको आफ्नै कोठाबाट बरामद गरिएको सूचना अधिकारी रमेश कुमार श्रेष्ठले जानकारी दिए । आइतबार पक्राउ परेका ढकाललाई सोमबार चोरी कसूर शिर्षकमा मुद्धा दर्ता गरी गोरखा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्