| बुधबार, कार्तिक २५, २०८३

वकतृत्वकला प्रतियोगितामा ओल्ड क्यापिटलकी बानियाँ प्रथम

गोरखा नगरपालिकास्तरीय वक्तृत्वकला प्रतियोगितामा ओल्ड क्यापिटल माविकी प्रजिता बानियाँ प्रथम भएकी छिन् । चेम्बर अफ कमर्स गोरखाको आयोजनामा सदरमुकामको हरमटारी खेल मैदानमा जारी ‘कृषि, पर्यटन प्रबद्र्धन मेला २०८०’ अन्तरगत सोमबार भएको प्रतियोगितामा लक्ष्मी सामुदायिक शिक्षा सदनकी शान्ति वि.क द्वितीय हुन सफल भएकी छिन् ।

यस्तै महेन्द्र माविकी रिया कुमाल तृतीय हुन सफल भएको कार्यक्रम संयोजक अन्जनबाबु खत्रीले बताए । प्रथम, द्वितीय र तृतीयलाई क्रमश १० हजार, ७ हजार र ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको उनले जानकारी दिए ।
प्रतियोगितामा नगरपालिकाभित्रका सातवटा सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्