
आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा पढ्ने बालकालिका र अभिभावकको स्वास्थ्य बिमा गरिदिने
सामुदायिक विद्यालयको स्तर सुधार गर्न लागि परेको तनहूँको आबुँखैरेनी गाँउपालिकाले सामुदायिक विद्यालयमा पढ्ने बालबालिका र उनीहरुको अभिभावकको निशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ । समुदायीक शिक्षा सुधार कार्यक्रम अन्तर्गत पालिकाले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रम अन्तर्गत पहिलो चरणमा यसै वर्ष पालिकाको भौगोलिक बिकट तथा आर्थिक रूपले पिछडिएको क्षेत्र वडा न ४, ५ र ६ गरी ३ वटा वडाहरुमा यो कार्यक्रम सञ्चालन गर्न लागीएको हो ।
गाऊँपालिकाको स्वीकृत नीति तथा कार्यक्रम बमोजिम सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थी, अभिभावकहरुको स्वास्थ्य बीमा गर्ने कार्यक्रम सञ्चालन गर्न लागिएको गाँउपालिकाकाका अध्यक्ष शुक्र चुमानले बताए । कार्यक्रम संचालनका लागि गाँउपालिकाले आवश्यक नियम कानून निर्माण र बजेट व्यवस्थापन गरिसकेको र कार्यक्रम संचालन गर्नको लागि सम्बन्धित बिद्यालयको सिफारिस सहित वडाहरुबाट बिद्यार्थी र उनीहरुको अभिभावकको विवरण सहितको सिफारिस संकलन गर्ने, बीमा फर्म भर्ने, बीमा नवीकरण गर्ने कार्य अगाढी बढाएको अध्यक्ष चुमानले बताए ।
गाँउपालिकाले माघ महिनासम्ममा पालिकाको वडा नं. ४, ५ र ६ न वडाका सम्पूर्ण बिद्यार्थी र उनीहरूको अभिभावकको स्वास्थ्य बीमा गर्ने कार्य सम्पन्न हुनेछ । पालिकाले आगामी बर्षहरुमा प्राथमिकताको आधारमा अन्य वडाहरुमा पनी यो कार्यक्रम विस्तार गर्ने लक्ष्य राखेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शार्माले बताए ।
पालिकाले सामुदायिक शिक्षा सुधार कार्यक्रम अंतर्गत गत बर्षदेखि नै पोशाक वितरण, फर्निचर वितरण, टिभी, वितरण, दिवा खाजा ब्यबस्थापन, कक्षा ६ देखि कक्षा १२ सम्म निःशुल्क शिक्षा, बिद्यालय भवन मर्मत, विपन्न बिद्यार्थीहरुलाई स्कूल ड्रेस, स्टेशनरी सामग्रीरखाद्यान्न व्यवस्थापन, निःशुल्क बिद्यालय बस व्यवस्थापन जस्ता कार्यक्रम सञ्चालन गर्दै आईरहैको छ ।




