| बुधबार, कार्तिक २५, २०८३

कांग्रेसबाट राष्ट्रिय सभा सदस्यका लागि गोरखाका किरणबाबु श्रेष्ठ उम्मेद्वार

राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेसले किरणबाबु श्रेष्ठलाई उम्मेद्वार बनाउने भएको छ । आइतबार राती अबेरसम्म भएको बैठकले गण्डकी प्रदेशबाट अन्यतर्फबाट श्रेष्ठलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।


श्रेष्ठसहित कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १० जना उम्मेदवारको नाम टुंगो लगाएको छ । केन्द्रीय कार्यालय सानेपामा छलफल गरेर कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको टुंगो लगाएको हो । संस्थापन पक्षबाट ६ जना र संस्थापनइतरपक्षबाट ४ जना उम्मेदवार चयन भएका छन् ।


बैठकले गण्डकी प्रदेशबाट पदमबहादुर परियारलाई अपाङ्गता÷अल्पसङ्ख्यक कोटाबाट काग्रेसको उम्मेदवार बनाउने निर्णय गरेको छ ।


कांग्रेसले कोशी प्रदेशमा अन्ततर्फ कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाएको छ । पार्टीका पूर्वमहामन्त्री सिटौला यसअघि प्रतिनिधिसभा सदस्यमा झापा-३ बाट पराजित भएका थिए । त्यस्तै, मधेश प्रदेशबाट अन्ततर्फ आनन्दप्रसाद ढुंगानालाई उम्मेदवार बनाएको छ । उनी पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक हुन् । सिटौला र ढुंगाना दुवै संस्थापन पक्षबाट उम्मेदवार बनेका हुन् ।

वाग्मती प्रदेशमा अन्यतर्फ जीतजंग बस्नेत र महिलातर्फ विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाएको छ । हाल पार्टीको केन्द्रीय सदस्य रहेका बस्नेत नेपाल तरुण दलका पूर्वअध्यक्ष हुन् । पुडासैनी नेपाल महिला संघ काठमाडौंकी अध्यक्ष हुन् । बस्नेत सभापति शेरबहादुर देउवा निकट हुन् भने पुडासैना नेता कोइरालासँग निकट हुन् ।

त्यस्तै, गण्डकी प्रदेशमा अन्यतर्फ किरणबाबु श्रेष्ठ र अल्संख्यक तथा अपांगता भएकातर्फ पदमबहादुर परियारलाई उम्मेदवार बनाएको छ । श्रेष्ठ प्रदेश कार्यसमितिका महामन्त्री छन् । श्रेष्ठ र परियार दुवै संस्थापन इतर पक्षका हुन् ।
म्बिनी प्रदेशमा महिलातर्फ विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको छ । उनी संस्थापन इतर पक्षकी नेता हुन् ।

कर्णालीमा अन्यतर्फ कृष्णबहादुर रोकाया, सुदूरपश्चिममा अन्यतर्फ बलदेव बोहरा र अपांगता तथा अल्पसंख्यकतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने भएको छ । रोकाया कर्णाली प्रदेश कार्यसमितिका महामन्त्री हुन् । त्यस्तै, भट्ट पार्टीका कैलाली सभापति हुन् भने बोहरा कञ्चनपुर कांग्रेसका पूर्वसभापति हुन् । उनीहरु तीनै जना संस्थापन पक्षका नेता हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले मध्यरातमा सकिएको कार्यसम्पादन समितिको बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

तर पार्टीको निर्णयमा महामन्त्री गगनकुमार थापाले फरक मत राखेका छन् ।केन्द्रीय कार्यसमितिले गरेको निर्णयभन्दा फरक मापदण्डबाट उम्मेदवार चयन भएको भन्दै महामन्त्री थापाले लिखितरुपमै फरक मत राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्