| बुधबार, कार्तिक २५, २०८३

‘हेड्स नेपाल’ गोरखाको अध्यक्षमा ओमबहादुर श्रेष्ठ

‘हेड्स नेपाल’ गोरखाको अध्यक्षमा ओमबहादुर श्रेष्ठ चयन भएका छन् । जिल्ला शाखाको शनिबार सम्पन्न भएको १० औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा सुवासबाबु श्रेष्ठ, सचिवमा सुदीप उपरकोटी, कोषाध्यक्षमा खडानन्द भट्ट र सह—सचिवमा किरण अर्याल चयन भएका छन् । यस्तै सदस्यहरुमा जीवनकुमार बस्नेत, केशव बस्नेत चयन भएका छन् । बाँकी सदस्य भने पछि मनोनित गर्ने गरी कार्यसमिति गठन गरिएको सचिव किरण अर्यालले बताए ।

सभामा कोषाध्यक्ष दिलिप कोइरालाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । गोरखा शाखाका अध्यक्ष सहदेवप्रसाद श्रेष्ठको अध्यक्षता तथा हेड्स नेपालका केन्द्रिय अध्यक्ष दिलिप देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा धादिङ शाखाका अध्यक्ष भुपेन्द्रकुमार श्रेष्ठ, भीमसेन थापा गाँउपालिकाका कृषि शाखा प्रमुख विनोद भन्तनालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्