| बुधबार, कार्तिक २५, २०८३

मेलामा धार्चेको ‘लोकल टेस्ट’ दिने स्टलको क्रेज

गोरखाको हरमटारी खेलमैदानमा आयोजित मेलामा दुर्गम गाउँपालिका धार्चेमा उत्पादित ‘लोकल उत्पादन’को अलग्गै स्टल छ । धार्चेको उच्च पहाडी हावापानीमा उत्पादित अर्गानिक टेस्ट दिने स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न आयोजकले विशेष महत्वका साथ धार्चेको स्टललाई स्थान दिएको छ ।

‘कृषि, पर्यटन तथा ब्यापार प्रबद्र्धन मेला–२०८०’ नाम दिइएको सो मेलामा धार्चे गाउँपालिको कृषि उत्पादनलाई बजारिकरण गर्न छुटै स्टल राखिएको हो । गत विहिबारदेखि आयोजना भएको मेलामा धार्चे ३ खोर्लाबेशीमा उत्पादन भएको ट्राउट माछा राखिएको छ । स्टलमा करिब दुईहजार किलो ट्राउट माछा राखिएको स्टलमा कार्यरत कर्मचारी चेतबहादुर गुरुङले जानकारी दिए ।

साथै उच्च हावापानीमा उत्पादित धार्चेको स्वाद दिलाउने सिलाम, रातो र कालो भटमास पनि राखिएको छ । त्यस्तै आलुको राजधानी भनेर चिनिने धार्चे ५ गुम्दा, धार्चे ४ लाप्राकको आलु, अर्को प्रसिद्ध कोलो(राज्मा), मास, च्याउ, भोटे लसुन, छ्यापी, मस्याङ, जिम्मु, गुन्द्रुक, कफी लगायतका बस्तुहरु राखिएका गुरुङले जानकारी दिए ।

‘मेलामा यी बस्तुहरुको स्याम्पल मात्र राखिएका छन्’, स्टलका कर्मचारी गुरुङले भने, ‘स्याम्पल हेरेर उपभोक्ताहरुले चाहेजति सामग्री माग गर्नु हुन्छ, अनि हामी ती सामाग्री मगाइदिन्छौँ ।’
‘धार्चे स्टल’मा धार्चे गाउँपालिभित्र रहेका विभिन्न पर्यटकीय स्थलहरुको फोटोहरु पनि प्रदर्शन गरिएको छ ।

स्टलमा आउने मानिसहरुसँग धार्चेका विभिन्न गाउँमा उत्पादन हुने अर्गानिक उत्पादनबारे प्रचारप्रसार गर्ने गरिएको छ ।

धार्चे गाउँपालिकामा पर्यटन प्रवद्र्धन र त्यहाँका उत्पादनको बजारीकरण गर्ने उद्देश्यले स्टल राखिएको उनले बताए । मेलामा कृषि तथा हस्तकलाका सामग्रीहरुलाई बिशेष प्राथमिकता दिइएको छ ।
‘कृषि, पर्यटन तथा ब्यापार प्रबद्र्धन मेला–२०८०’ नाम दिइएको सो मेलामा धार्चे गाउँपालिको कृषि उत्पादनलाई बजारिकरण गर्न छुटै स्टल राखिएको हो ।

गत विहिबारदेखि आयोजना भएको मेलामा धार्चे ३ खोर्लाबेशीमा उत्पादन भएको ट्राउट माछा राखिएको छ । स्टलमा करिब दुईहजार किलो ट्राउट माछा राखिएको स्टलमा कार्यरत कर्मचारी चेतबहादुर गुरुङले जानकारी दिए ।
साथै उच्च हावापानीमा उत्पादित धार्चेको स्वाद दिलाउने सिलाम, रातो र कालो भटमास पनि राखिएको छ ।

त्यस्तै आलुको राजधानी भनेर चिनिने धार्चे ५ गुम्दा, धार्चे ४ लाप्राकको आलु, अर्को प्रसिद्ध कोलो(राज्मा), मास, च्याउ, भोटे लसुन, छ्यापी, मस्याङ, जिम्मु, गुन्द्रुक, कफी लगायतका बस्तुहरु राखिएका गुरुङले जानकारी दिए ।

‘मेलामा यी बस्तुहरुको स्याम्पल मात्र राखिएका छन्’, स्टलका कर्मचारी गुरुङले भने, ‘स्याम्पल हेरेर उपभोक्ताहरुले चाहेजति सामग्री माग गर्नु हुन्छ, अनि हामी ती सामाग्री मगाइदिन्छौँ ।’
‘धार्चे स्टल’मा धार्चे गाउँपालिभित्र रहेका विभिन्न पर्यटकीय स्थलहरुको फोटोहरु पनि प्रदर्शन गरिएको छ । स्टलमा आउने मानिसहरुसँग धार्चेका विभिन्न गाउँमा उत्पादन हुने अर्गानिक उत्पादनबारे प्रचारप्रसार गर्ने गरिएको छ ।

धार्चे गाउँपालिकामा पर्यटन प्रवद्र्धन र त्यहाँका उत्पादनको बजारीकरण गर्ने उद्देश्यले स्टल राखिएको उनले बताए । मेलामा कृषि तथा हस्तकलाका सामग्रीहरुलाई बिशेष प्राथमिकता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्