| बुधबार, कार्तिक २५, २०८३

रेडक्रस गोरखा शाखा प्रमुख घिमिरे निलम्वित

नेपाल रेडक्रस सोसाइटी गोरखा शाखा प्रमुख सुवास घिमिरे निलम्वित भएका छन् । संस्थाका कोषाध्यक्षमाथि दुव्र्यवहार गरेको भन्दै शुक्रवार बसेको कार्यसमिति बैठकले उनलाई सात दिनका लागी निलम्वन गर्ने निर्णय गरेको हो ।

तलवको बिषयलाई लिएर यही पुस १६ गते घिमिरेले संस्थाका कोषाध्यक्ष ज्ञानहरी अर्यालमाथि हातपात गरेका थिए । सभापतिको कार्यकक्षमा छलफल भइरहेका बेला सभापति, मन्त्री र सहमन्त्रीकै अगाडी आफूमाथि हातपात भएको अर्यालले बताएका थिए । घटनाको बिरोध गर्दै कार्यसमितिका पदाधिकारीहरुले दोषिमाथि कारवाही हुनुपर्ने माग राख्दै आएका थिए ।

शुक्रवार सभापति यदुविलास भट्टराईको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले घिमिरेलाई सात दिनका लागी निलम्वन गर्ने निर्णय गरेको एक पदाधिकारीले बताए । फेरी पनि यस्ता गल्ती दोहो¥याएमा कडा कारवाही गर्ने भनिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्