
गोरखा दरबारलाई १४ थान डस्टविन वितरण
साधना लघुबित्त बित्तीय संस्था लिमिटेडको केन्द्रिय कार्यालय गोरखाले गोरखा दरबारलाई डस्टवीन वितरण गरिएको छ । संस्थाको सरसफाई अभियानको बिशेष अवसरमा शुत्रबार गोरखा दरबारलाई १४ थान डस्टविन हस्तानान्तरण गरिएको हो । एक कार्यक्रमका बीच उक्त डस्टवि संस्थाका संचालक समितीका अध्यक्ष कृष्ण बहादुर थापाले गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना मगरलाई हस्तानान्तरण गरेका हुन्।
कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका मेयर राना मगरले सहयोग स्वरुप उपलब्ध गराएका डस्टविनले दरबार परिसरमा सरसफाइको लागि सहयोग पुग्ने बताए । संस्थाका अध्यक्ष थापाले साधना लघुवित्तको गोरखामा रहेको केन्द्रिय कार्यालय तथा गोरखा सहित देशको विभिन्न प्रदेशका ३१ वटा जिल्लाहरुमा रहेका ९३ वटा शाखा कार्यालयहरु मार्फत बित्तीय सेवा प्रवाह गर्दै आएको बताए ।
कार्यक्रममा गोरखा दरबारका कर्मचारी, सुरक्षा निकायका प्रमुख, गोरखा नगरपालिका वडा नं ६ को वडाध्यक्ष, बित्तीय संस्थाको कर्मचारीहरु, बुद्धिजिवीहरु, स्थानिय व्यक्तिहरु लगायतको उपस्थिती रहेको थियो ।




