| बिहिबार, अशोज १४, २०८३

एक लाख राशीको ‘जराङ कप २०८०’ हुने

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा वडा नं ८ जराङमा ‘जराङ कप २०८०’ हुने भएको छ । जनप्रेमी युवा क्लब जराङको आयोजना माघ १ गतेदेखी एक लाख राशीको खुल्ला सेभेन ‘ए’ साइट फुटबल प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष किसान गुरुङले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख एघार रुपौयाँसहित कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने उनले बताए । द्धितिय हुनेले ५० हजार ५५ रुपौयाँसहित कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टिमले पनि दश हजार प्राप्त गर्ने क्लबले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडी, किप्पर र सार्वाधिक गोलकर्तालाई पनि दुई/दुई हजार पुरस्कार प्रदान गरिने अध्यक्ष गरुङले बताए ।

जनप्रेमी खेल मैदान जराङमा हुने प्रतियोगिताको लागी दर्ता शुल्क छ हजार तोकिएको उनले बताए । डिपोजिट शुल्क भने १५ सय रहेको छ । प्रतियोगिता ५ दिन सम्म चल्ने छ । प्रतियोगिताको पहिलो दिन सांस्कृतिक कार्यक्रमहरु पनि आयोजना गरिएको आयोजकले बताएकोे छ । प्रतियोगिताका लागी टिम दर्ताको अन्तिम मिति यहीँ पौस २९ गते दिउँसो १ बजे सम्म रहेको अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्