
एक युवक मृत फेला
गोरखा नगरपालिका–१४ अकला मन्दिर आसपास रहेको हिल कटेज होटलका संचालक मृत अवस्थामा फेला परेका हुन् । पालुङटार नगरपालिका–८ लामाचौरको २८ बर्षीय महेश पन्थ सोमबार बिहान होटलको आफू सुत्ने कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
मृतकको टाउको लगायत शरिरका बिभिन्न भागमा चोटपटक देखिएकाले घटना शंकास्पद रहेको डिएसपी रमेशकुमार श्रेष्ठले बताए । शव पोष्टर्माटका लागी गोरखा अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।




