
स्वाँराका आगलागी पीडित मगरलाई आर्थिक सहयोग
आगलागी पीडित बारपाक सुलिकोट गाउँपालिका–३ स्वाँराका डिलबहादुर थापा मगरलाई आर्थिक सहयोग प्रदान गरिएको छ । गो.ड्राईभर–बा मेमोरियल फाउण्डेशन ट्रष्टले उनलाई २५ हजार आर्थिक सहयोग गरेको हो ।
बिहीवार एक कार्यक्रमका बीच आगलागी पिडित मगरलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको ट्रष्टका सचिव मिलन ढकालले बताए । आगलागीबाट क्षति पुगेको उनको घर पुनर्निर्माणका लागी उक्त रकम सहयोग गरिएको उनले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष बिष्णु भट्ट, वडाध्यक्ष, ट्रष्टका उपाध्यक्ष टिकाप्रसाद ढकाल लगायतको उपस्थितीमा चेक हस्तान्तरण गरिएको हो । गत कार्तिक १२ गते विद्युत सर्ट भई भएको आगलागीबाट मगरको घर जलेर नष्ट भएको थियो । आगलागीबाट करिव ९ लाख बराबरको क्षति भएको बताइएको छ । पीडित मगरका परिवार अहिले अस्थायी टहरामा बसोबास गर्दै आएका छन् ।




