| बुधबार, कार्तिक २५, २०८३

प्रधानमन्त्री दाहाल आज गोरखा आउँदै


प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) बुधवार(आज) गोरखा आउने भएका छन् । बुधवार बिहान ११ बजे सेनाको हेलिकप्टरमार्फत बारपाक सुलिकोट गाउँपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन गोरखा आउन लागेका हुन् ।

प्रधानमन्त्री पालिकाको कार्यालय भवन अगाडि हेलिकोप्टरमा ओर्लिएर पालिकामा सञ्चालित योजनाहरुको अनुगमन गर्ने कार्यक्रम तय भएको पार्टीस्रोतले जनाएको छ ।

त्यस्तै कार्यकर्ता भेटघाटसँगै पालिकामा हुने औपचारिक कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको स्रोतको भनाइ छ । कार्यक्रम पश्चात दिउँसो तीन बजे काठमाडौ फर्कने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्