| बुधबार, कार्तिक २५, २०८३

आँबुखैरेनीमा नियन्त्रित लागु औषधसहित १ युवा पक्राउ

लागुऔषध ओसारपोसारको ट्रान्जिटका रुपमा प्रयोग हुदै आएको मुग्लिन–आँबुखैरेनी सडकबाट फेरि लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । नियमित चेकजाँच गर्न खटिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरीले गत शनिबार मस्र्याङ्दी विद्युतगृह आसपासबाट लागुऔषधसहित एक युवालाई पक्राउ गरेको हो ।

चेकजाँचका क्रममा शंकास्पद रुपमा मुग्लिङतर्फबाट आँबुखैरेनीतर्फ पैदल आउदै गरेका तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं २ निबासी २५ बर्षका आशबहादुर गुरुङ पक्राउ परेका इप्रका आँबुखैरेनीका इञ्चार्ज इन्स्पेक्टर शिव थापाले जानकारी दिए ।

आफुले लगाएको कालो रङको ज्याकेटको बायाँतर्फको भित्रि गोजीमा सेतो पोलिथिन झोलाभित्र लुकाईछिपाई ल्याइएको नियन्त्रित लागु औषध डाइजेपाम, फेनार्गन र नोफिनसहित निजलाई पक्राउ गरिएको इप्रका आँबुखैरेनीले जनाएको छ । लागुऔषध ओसारपोसार गर्ने गुरुङलाई आइतबार तनहूँ जिल्ला अदालतबाट म्याद थप गरी ईलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट थप अनुसन्धान भइरहेको इन्स्पेक्टर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्