
अनेरास्ववियु गण्डकी प्रदेश अध्यक्षमा गोरखाका प्रबिन श्रेष्ठ
अनेरास्ववियु गण्डकी प्रदेश प्रथम अधिवेशनबाट गोरखाका प्रबिन श्रेष्ठ अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन् ।
यहि पौष ६–७ गते पोखरामा भएको प्रथम अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरि ५१ सदस्यीय कमिटी बनाएको छ ।
जस्को उपाध्यक्षमा कास्किका सुमन घिमिरे, स्याङ्जाका विश्वदर्शन पराजुली त्यस्तै सचिवमा नवलपुरका सुरज सापकोटा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सहसचिवमा डिएन लामिछाने, कृति भट्टराई, स्विकार पोखरेल, अनिल कुवर निर्वाचित भए भने कोषाध्यक्षमा बिक्रम क्षेत्री निर्वाचित भएका हुन ।




