
लाप्राकका १५ जनालाई सिलाइकटाई मेसिन वितरण
धार्चे गाउँपालिका ४ लाप्राकमा १५ जनालाई सिलाइकटाइ मेसिन वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले मंगलबार एक कार्यक्रमका बीच उनीहरुलाई मेसिन वितरण गरेका हुन् ।
गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८० को गरिबी निवारणका लागि लघु उद्यमी विकास कार्यक्रम(मेडपा) अन्तरगत उक्त मेसिन वितरण गरिएको हो । अघिल्लो वर्ष बर्खा, बाढी लगायतका कारण वितरणमा ढिलाई भएकाले मंगलबार वितरण गरिएको गाउँपालिकाको प्रशासन तथा योजना शाखाका अधिकृत रुल बहादुर आलेले बताए ।
सिलाइकटाइ मेसिन तालिम लिएको १५ जनालाई उक्त मेसिन वितरण गरिएको हो । यसमा पालिकाको ८० प्रतिशत र स्थानीयको २० प्रतिशत लागतमा उक्त सामग्री वितरण गरिएको उनले बताए । सोहि कार्यक्रममा तरकारी खेती सम्बन्धी तालिम लिएका १८ जना र ब्युटी पार्लर सम्बन्धी तालिम लिएका सात जनालाई प्रमाणपत्र पनि वितरण गरिएको उनले बताए ।




