| बुधबार, कार्तिक २५, २०८३

जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई खाद्यान्न सहयोग

गोरखा नगरपालिका–६ छहरे स्थित बालमन्दिर माध्यमिक बिद्यालयमा अध्ययनरत अनाथ बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ । बारा जिल्लाको डुमरवाना घर भई हाल जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी निरिक्षक रविन्द्र अधिकारीले आफ्नो धर्मपत्नी मनिषा खतिवडाको जन्मदिनको अवसर पारेर खाद्यान्न सहयोग गरेका हुन् ।

आइतवार बिद्यालय पुगेर उनले चामल, दाल, तेल, बिस्कुट लगायतका खाद्यान्न सहयोग गरेका छन् । उक्त सामग्री उनले बिद्यालयका प्रधानाध्यापक शिवकुमार थापालाई हस्तान्तरण गरेका हुन् ।

सहयोग प्रति आभार व्यक्त गर्दै बिद्यालयका प्रअ थापाले हाल बिद्यालयमा २३ जना अनाथ बालबालिकाहरु आवसिय सुविधा सहित अध्ययन गरिरहेको बताए । ‘उनीहरुलाई राज्यको तर्फबाट केही सहयोग छैन,’ उनले भने, ‘यसरी नै आउने सहयोगले जसोतसो खर्च धानिरहेका छौ ।’

चिसो बढ्दै गएकाले बालबालिकालाई न्यायो कपडाको आवश्यकता रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्