
‘नेशन वाइड रोट्याक्ट क्विज’ प्रतियोगिता सम्पन्न
गोरखा सदरमुकाममा स्वर्गिय सन्तोष स्मृति ‘नेशन वाइड रोटा क्विज’ प्रतियोगिता भएको छ ।
रोट्याक्ट डिस्ट्रिक ३२९२ र जोन १५ को संयुक्तको आयोजना तथा रोट्याक्ट क्लब अफ गोरखाको समन्वयमा शनिवार भएकोभएको प्रतियोगितामा रोट्याक्ट क्लब अफ बज्र मनासलु गोरखा पहिलो भएको रोट्याक्ट डिस्ट्रिक ३२९२ (जोन १५) की कोषाध्यक्ष एन्जिला श्रेष्ठले बताइन् ।
त्यस्तै रोट्याक्ट क्लब अफ दमौली दोस्रो र रोट्याक्ट क्लब अफ गोरखा तेस्रो भएको उनले जानकारी दिइन् । प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार सहित प्रमाण पत्र वितरण गरिएको बताइएको छ ।




