| बुधबार, कार्तिक २५, २०८३

शहिद लखन गाउँपालिकामा वडा स्तरीय युवा क्लब गठन

शहिदलखन गाउँपालिकाका सबै वडामा वडास्तरीय युवा क्लव गठन भएको छ । पालिकाको युवा कल्ब गठन तथा नमुना युवा संसद सञ्चालन कार्यविधि २०७५(दोस्रो संशोधनसहित) बमोजिम गाउँपालिकाका सबै वडामा वडा स्तरीय युवा क्लव गठन भएको हो ।

गाउँपालिकाको वडा नं १ मा सन्जिब वि.क., वडा नं २ मा सन्तोष थापा, वडा नं ३ मा पुजन थापा, वडा नं ५ मा मनोज राना, वडा नं ६ मा विश्ववाबु श्रेष्ठ, वडा नं ७ र ९ मा पदाधिकारी चयन हुन बाँकी, वडा नं ८ मा अविन श्रेष्ठ अध्यक्षमा चयन भएका जनाइएको छ ।

वडा नं ४ मा केही दिन भित्रै गठन हुने कार्यक्रम रहेको छ । प्रत्येक वडामा १६ वर्षदेखि २४ वर्षसम्म उमेर समूहका १५ सदस्यीय कार्यसमिति रहने गठन गरिएको छ ।

राष्ट्रिय युवा परिषद नेपालद्वारा सशर्त अनुदान मार्फत युवा क्लव गठन तथा नमुना युवा संसद सञ्चालनको लागि कार्यक्रम स्वीकृत भएको हो । अब गठित कार्यसमितिबाट प्रत्येक वडाबाट कम्तिमा १ महिला सहित ३ जनाको दरले पालिकामा नामावली पठाइने छ । उनीहरु मध्यबाट ११ सदस्यीय गाउँपालिका स्तरीय युवा क्लव सञ्जाल कार्यसमिति गठन हुनेछ । थप ५ सदस्य मनोनित गरी ३२ जनाको गाउँपालिका स्तरीय युवा संसद गठन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्