
सन्तानेश्वर युवा क्लबको अध्यक्षमा श्रेष्ठ
शहिदलखन गाउँपालिका वडा नं ८ मा सन्तानेश्वर युवा क्लव गठन भएको छ । आइतबार भएको स्थानीय युवाहरुको भेलाले अविन श्रेष्ठको अध्यक्षतामा क्लब गठन गरेको हो ।
जसको उपाध्यक्षमा रवि थापा, सचिवमा मदन विक, सहसचिवमा पुजा रम्तेल र कोषाध्यक्षमा मेनुका श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा सुदिप श्रेष्ठ, सविन श्रेष्ठ, आषिक श्रेष्ठ, अनुप श्रेष्ठ, विमला रम्तेल, सलिना श्रेष्ठ, सुजिता ढकाल, सन्तोष कोइराला, बिसना श्रेष्ठ र दिपेन्द्र रम्तेल रहेका छन् ।
क्लबको संरक्षकमा वडाध्यक्ष बासुदेव ढकाल रहेको बताइएको छ ।




