| आइतवार, कार्तिक २९, २०८३

उपचार खर्च नभएपछि समस्यामा सिर्मलको परीवार

उपचार खर्च नभएपछि समस्यामा सिर्मलको परीवार

दरौँदी ः बिहन निन्द्राले छोड्ने बित्तिकै दिउँसो कस्को काममा जानु छ भन्ने सोच्दै गोरखा नगरपालिका—३ नारेश्वरका टिकाराम सिर्मल को दिनचार्य सुरु हुन्थ्यो ।
उनी बिहान खाना खाएर घरबाट निस्कीएपछि साँझ नभएसम्म अरुकै घरमा ज्याला मजदुरी गरेरै दिन बिताउने गर्थे । गरीव भएकै कारण आफू पढ्नबाट बञ्चित भएर होला, दिनरात मेहेनत गरेरै भएपनि आफ्नो सन्तानलाई पढाउनु पर्छ भन्ने सोच बोकेका उनी नै लडेर अस्पतालमा भर्ना भएपछि उनका परीवारको साहारा बिहिन बन्न पुगेका छन् ।
‘उहाँ दिनभरी अर्काको मेलामा जानु हुन्थ्यो, दुईचार रुपैँया कमाएर ल्याउनु हुन्थ्यो । उहाँकै कमाईबाट घर खर्च चलाउँथ्यौँ’ सिर्मलकी श्रीमती जौमायाँले भनिन् ‘गत २८ गते पनि उहाँ बिहानै देखि अरुको मेलामा जानु भएको थियो । त्यो दिनभरी पानी परीरहेको थियो । बाबु नानी स्कूलबाट फर्कीएपछि उनीहरुलाई खाजा खुबाएँ अनि घरधन्दा गर्न थाले ।’ उनले आँखाका भरी आँसु बनाउँदै थपिन् ‘त्यो दिन बेलुका लगभग आठ बजेको थियो । उनीसँगै मेला गएका गाउँकै भाईले फोन गरेर एक्कासी दाई त लडेर बेहोस भए अस्पताल लैजानु प¥यो भने ।’
गत भदौ २८ गते लडेर बेहोस अबस्थामा पुगेका सिर्मलको हाल नेपाल मेडिकल कलेज काठमाण्डौँमा आईसियुमा राखि उपचार भईरहेको छ । उनी लडेपछि सुरुमा उपचारका लागि भरतपुरे पु¥र्याए पनि त्यहाँबाट उपचारका लागि काठमाण्डौँ लैजानु भनेपनि हाल उनलाई मेडिकल पु¥याईएको उनको भनाई छ । ‘लडेदेखि अहिलेसम्म राम्ररी होस खुलेको छैन्’ उनले भनिन् ‘उहाँको उपचारका लागि सबै गहनाहरु बेचिसकेँ । गाउँका दाजु भाईहरुले पनि केही पैसा संकलन गरेर दिनु भयो । तर, अब त उपचार गर्ने पैसा पनि छैन्, अनि सहयोग गर्ने मान्छे पनि ।’ हालसम्म उपचारकै क्रममा लाखौँ रुपैँया खर्च भईसकेको उनल बताईन् ।
‘लडेर उहाँको टाउकोमा रगत जमेको छ, कलेजोमा पनि समस्या देखिएको छ’ उनले आँखाका आँसु पुछ्दै भनिन् ‘अप्रेशन गर्नुपर्ने तर पैसा छैन् । अब के गर्ने हो भन्ने थाहा छैन् । अहिलेसम्म उहाँकै पसिनाको भारबाट परीवारको खर्च चलाउँदै आएका थियौँ । अब, उहाँ नै जीवन र मृत्युसँग लडिराख्नु भाको छ । उहाँको उपचार गरी उहाँलाई नै बचाउन सकेनौँ भने हामी कसरी बाँच्ने ?, कस्को लागि बाँच्ने ?’
छोराछोरीलाई पढाउने सपना अस्ताउँदै
सिर्मलका दुई छोरा र दुई छोरी छन् । जेठो छोरा सुनिल सातका पढ्छन्, माईलो छोरा सबिन ५ मा पढ्छन् भने साईली छोरी सुसिला पाँचमा र कान्छी छोरी सपना कक्षा तीनमा पढ्छन् । ‘उहाँ आफू पढ्न नपाएपनि छोराछोरीलाई जसरी पनि पढाउाछु भनदै दिनरात खट्नु हुन्थ्यो’ श्रीमती जौमायाँले भनिन् ‘उहाँकै अप्रेशन गर्ने पैसा नभएर अस्पतालमा सामान्य उपचार गर्दै राखि राख्नु परेको छ । यदी उहाँलाई केही भईदियो भने छोराछोरीको भबिश्य के होला, कस्ले पुरा गर्देला उहाँको छोरा छोरीलाई पढाउने सपना !’
‘अप्रेशन गर्ने पैसा नभएकाले अस्पतालमा सामान्य उपचार गराएर राख्नु परेको छ’ उनका भाई रमेशले भने ‘मेरो दाईलाई बचाउनका लागि यहाँहरु जो कसैले पनि आ—आफ्नो ठाउँबाट सक्दो सहयोग गरिदिनु होला ।’ सिर्मललाई सहयोगका लागि ९८४६१८९२४५ मा सम्पर्क गर्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्