| बुधबार, कार्तिक २५, २०८३

द्रव्यशाह बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षामा ताला

गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका बिद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् ।

क्याम्पसमा हुने गतिविधिहरुमा बिद्यार्थी संघसंगठनसँग आवश्यक समन्वय र छलफल नगर्ने गरेको भन्दै उनीहरुले बिहीवार क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका हुन् ।

स्वतन्त्र बिद्यार्थी युनियन, नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी बिद्यार्थी संघ र नेकपा एमाले निकट अनेरास्ववियुले संयुक्त रुपमा प्रेस बिज्ञप्ती जारी गर्दै क्याम्पसले बिद्यार्थीका लागी पुस्तक, औषधी जस्ता अनिवार्य सामाग्री समेत उपलब्ध नगराएको बताएका छन् । प्रशासनका कर्मचारी र लेक्चरहरु दैनिक उपस्थित नहुने र पठनपाठन समेत नियमित रुपमा नभएको बिज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्