| बुधबार, कार्तिक २५, २०८३

ज्यान मार्ने उद्योग आरोपका फरार अभियुक्त मन्दिप चेपाङ पक्राउ

ज्यान मार्ने उद्योगमा फरार रहेका इच्छाकामना गाउँपालिका वडा नं ३ फिस्लिङका २५ वर्षीय मन्दिप चेपाङलाई प्रहरीले पक्राउ गरेको छ । मंसिर सात गते गण्डकी गाउँपालिका वडा नं १ का २४ वर्षीय सागर गुरुङलाई ज्यान मार्ने प्रयास गरेको आरोपमा उनी विरुद्ध जाहेरी परेको थियो ।

सोहि घटनामा संलग्न रहेका अर्का गण्डकी गाउँपालिका वडा न. १ मकैसिङ बुटारका २६ वर्षी विमला चेपाङलाई प्रहरीले यस अघि नै पक्राउ गरिसकेका छन् । उनी विरुद्ध ज्यान मार्ने कसूर शीर्षकमा मुद्धा दर्ता भएको छ ।

उनीहरुले ज्यान मार्ने नियतले सुनियोजित ढंगले धारिलो हयिार प्रहार गरी गुरुङलाई गम्भीर घाइते बनाएको प्रहरी निरिक्षक रबिन्द्र अधिकारीले बताए । उनका अनुसार पिडितको आफन्तले दिएको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । सोमबार पक्राउ परेका मन्दिप चेपाङलाई हिरासतमा राखी घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्