
बिहीका जेष्ठ नागरिकलाई ब्ल्याङ्केट वितरण
उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–५ बिहीका जेष्ठ नागरिकलाई ब्ल्याङ्केट वितरण भएको छ ।
गोरखा निर्वाचन क्षेत्र नम्वर १ का संघीय सांसद राजेन्द्र बजगाईको समन्वयमा ब्ल्याङ्केट वितरण गरिएको पूर्व वडाध्यक्ष सोनाम ग्याल्जेन लामाले बताए ।
गाउँका बूढाबूढीलाई जाडोका बेला न्यानो ओड्ने लुगाको खाँचो छ भनेर सांसदसंग माग गर्दा सांसदले ब्ल्याङ्केट पठाएको उनले बताए । ‘मैले माग गरिरहेको थिएँ । उहाँले गाउँका १४० जनाका लागि ब्ल्याङ्केट पठाउनु भयो,’ उनले भने, ‘३० वटा सेराङ गुम्वाका लागि पठाएँ । अरु बाँकी गाउँका बुढाबुढीहरुलाई वितरण गरियो ।’
बिहिबार एक कार्यक्रमका बीच जनप्रतिनिधिको उपस्थितिमा ब्ल्याङकेट वितरण गरिएको उनले जानकारी दिए । वितरण भएको ब्ल्याङ्केटले चिसोबाट बच्नका लागि सहयोग पुग्ने भन्दै जेष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका उनले बताए ।




