
१२ औँ कर दिवसको अवसरमा गोरखाका मास्के सम्मानित
१२ औँ कर दिवसको अवसरमा गोरखाका उत्कृष्ट करदाता सितलकाजी मास्के सम्मानित भएका छन् । आन्तरिक राजश्व कार्यालय दमौली तनहुँद्वारा बिहिबार आयोजित राष्ट्रिय कर दिवस तथा कर सप्ताहको समापन समारोहमा मास्केसहित चार जना करदाताहरुलाई सम्मान गरिएको हो ।
आर्थिक वर्ष २०७८÷०७९ मा गोरखाबाट ट्रेडिङ तर्फ कलश आयल स्टोर्सका संचालक मास्के सम्मानित भएका हुन् । गोरखाबाट नै वित्तिय संस्थातर्फ साधना लघुवित्त वित्तिय संस्थालाई सम्मान गरिएको थियो ।
सो आर्थिक वर्षमा आयकरतर्फ सबैभन्दा बढि कर तिर्ने तनहुँ जिल्लाको ट्रेडिङतर्फ गण्डकी ट्रेड सप्लायर्सका प्रोपाइटर देवकुमार श्रेष्ठलाई सम्मानित गरिएको थियो । त्यस्तै गरी वित्तीयतर्फ सबैको लघुवित्त वित्तीय संस्था डुम्रे तनहुँ र पेट्रोलियम व्यवसाय तर्फ सुगम आयल स्टोर्सलाई सम्मान गरिएको थियो ।
त्यसैगरी लमजुङ जिल्लाबाट आयकर तर्फ कृषक जागरण वचत तथा ऋण सहकारी संस्था र मनाङबाट आरडिबी कन्ट्रक्सन एण्ड सप्लायर्सलाई सम्मान गरिएको थियो । कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र आन्तरिक राजश्व कार्यालय तनहुँका प्रमुख डमरुप्रसाद पराजुलीले संयुक्त रूपमा उनीहरुलाई सम्मानपत्रका साथ दोसल्ला ओढाई सम्मान गरेका थिए ।




