
गोरखा बजार क्षेत्रका सडकपेटीमा व्यापार गरे कारवाही हुने
गोरखा नगरपालिकाको मुख्य बजार क्षेत्रका सडकपेटी अतिक्रमण गरी व्यापार गर्न रोक लगाइएको छ ।
शुक्रवार सार्वजनिक सूचना जारी गर्दै गोरखा नगरपालिकाले चाडवाडको समयमा सडकपेटी अतिक्रमण गरी भाई मसला, रङ तथा प्लाष्टिकजन्य फूलका माला बिक्री वितरणमा रोक लगाइएको जानकारी गराएको हो ।
त्यस्तै सडे गलेका अखाद्य वस्त बिक्री वितरणमा समेत रोक लगाइएको नगरपालिकाले जनाएको छ । यस्ता कार्य गरेमा नियमानुसार दण्ड जरिवाना तथा कारवाही गरिने नगरपालिकाले चेतावनी दिएको छ ।




