| बुधबार, कार्तिक २५, २०८३

तनहुँको आँबुखैरेनीबाट लागुऔषधसहित तीनजना पक्राउ

तनहूँको इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएका प्रहरीले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ ।

मुग्लिन, आँबुखैरेनी हुँदै पोखरा जान लागेको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा प्रहरीले आँबुखैरेनी ४ बेनिटारबाट तीनजनालाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरी निरीक्षक शिव थापाले जानकारी दिए ।

सवारी साधन चेकजाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याएको डाइजेपाप, फेनार्गन र नोफिन लेखिएका लागुऔषधसहित भारतको मोतिहारी जिल्ला पूर्वी चम्पारण निवासी क्यामुदिन अन्सारी, सोही मोतिहारी कटहनौनापुरका मुस्ताफा खातुन र निराले आलमलाई पक्राउ गरिएको प्रहरी निरीक्षक थापाले बताए ।

उनीहरुको साथबाट डाइजेपाम ७३ थान, फेनार्गन ७३ थान, नोफिन ७३ थान, गरी २१९ थान लागुऔषध बरामद गरिएको प्रहरीको भनाइ छ ।

उनीहरुविरुद्ध जिल्ला अदालत तनहूँमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्