| बुधबार, कार्तिक २५, २०८३

बर्खाभर बन्द रहेको माछिखोला बस सेवा बल्ल सुचारु

बर्खाभरि बन्द भएको आरुघाट माछिखोला बससेवा बल्ल सुचारु भएको छ । विभिन्न ठाउँको पहिरो र अवरोध हटाएपछि यही बुधबारदेखि माछिखोलासम्म बस सेवा पुन सुचारु भएको गाउँपालिकाले जनाएको छ ।

माछिखोला धार्चे गाउँपालिकाको केन्द्र हो । यहाँ बिगत दुईबर्षदेखि बस सेवा सञ्चालन भएको हो । तर हरेक बर्खामा सेवा अबरुद्ध हुने गर्छ । सडक मर्मतपछि मंगलवारबाट माछीखोलासम्म बस पुग्न थालेको गोरखा दरौदी यातायात कम्पनी प्रालिले जनाएको छ ।

‘अहिले माछीखोला काठमाण्डौ बस संचालन हुन थालिसक्यो,’ प्रालिका अन्जन खत्रीले भने, ‘रात्री बस भने केही दिनबाट संचालन हुन्छ ।’

लापुवेशी न्याउली हुदैँ दोभानसम्मको सडक मर्मत तथा सरसफाईको काम समेत भइरहेको बताइएको छ । बर्षा लागेसँगै सडक अवरुद्ध भएर बस संचालन हुन नसक्दा स्यानीयलाई आउजाउमा समस्या हुदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्