| बुधबार, कार्तिक २५, २०८३

गोरखा उवासंघको कार्यसमिति सदस्यमा खनाल मनोनित

गोरखा बजारको पुष्पाञ्जली पुस्तक पसलका सञ्चालक प्रदीप खनाल गोरखा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा मनोनित भएका छन् ।

संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले भीमसेन थापा गाउँपालिका ३ तान्द्राङ स्थायी घर भई गोरखा नगरपालिका ६ हरमटारीमा पुस्तक व्यवसाय सञ्चालन गर्दै आएका खनाललाई मंगलवार सदस्यमा मनोनित गरेका हुन् ।

कार्यसमितिले एक जना र अध्यक्षले एक जना सदस्य मनोनित गर्न पाउने संघको प्रावधान अनुसार खनाललाई सदस्यमा मनोनित गरिएको संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए ।

‘अध्यक्षले मनोनित गर्न पाउने सदस्यमा उहाँलाई मनोनित गरेका हौ,’ उनले भने, ‘कार्यसमितिबाट यसअघि पुष्कल अर्याललाई सदस्यमा मनोनित गरिसक्यौँ ।’ यो सँगै संघको २६ सदस्यीय कार्यसमितिले पूर्णता पाएको उनले जानकारी दिए । यसअघि २०७८ चैत्र महिनामा भएको संघको १६ औ अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्