
जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ
२४ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
सिरानचोक गाउँपालिका वडा नम्वर ३ हर्मी घुरे गाउँका २९ वर्षीय सन्जिव अधिकारीलाई आइतवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत साउन २ गते राती करिव दश बजे शौचालय जानका लागि बाहिर निस्केकी ती महिलालाइ अधिकारीले एक्कासी समाती जबरजस्ती करणी गरेको पीडित पक्षले दिएको जायरीमा उल्लेख छ ।
पक्राउ परेका अधिकारी विरुद्ध सोमबार जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




