| बुधबार, कार्तिक २५, २०८३

गोरखामा कुल जनसंख्याको ३६ प्रतिशत युवा !

गोरखाको कूल जनसंख्यामा युवा जनशक्तिको संख्या अन्य उमेर समूहको संख्या भन्दा धेरै रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको १२ औँ राष्ट्रिय जनगणना २०७८ अनुसार गोरखाको कुल जनसंख्यामा ३६.८२ प्रतिशत जनशक्ति युवाको रहेको छ । तथ्यांक अनुसार दोस्रो धेरै जनसंख्या बालबालिकाको रहेको छ ।

कूल जनसंख्यामध्य बालबालिकाको संख्या २५.४३ प्रतिशत रहेको छ । बृद्धवृद्धाको जनसंख्या सबैभन्दा कम ९.३५ प्रतिशत र रहेको तथ्यांक कार्यालयको अभिलेखमा उल्लेख छ । ४१ देखि ६७ बर्ष समूहको संख्या गोरखामा २८.३८ प्रतिशत रहेको छ ।

नेपालमा १६ वर्षदेखि ४० वर्ष उमेर समूहको जनसंख्यालाई युवा मानिएको छ । कुल २ लाख ५१ हजार २७ जनसंख्या रहेको गोरखामा ९२ हजार ४ सय ३४ जना युवा जनशक्ति रहेका छन् ।

जसमा १६ वर्ष देखि २० वर्ष सम्मका २२ हजार ३८१, २१ देखि २५ वर्ष सम्मका १९ हजार ४२५, २६ देखि ३० वर्ष सम्मका १८ हजार ६४४ जना रहेको रहेका छन् । ३१ वर्ष देखि ३५ वर्ष सम्मका १५ हजार ८०९ जना र ३६ देखि ४० वर्ष सम्मका १६ हजार १७५ जना रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

११ स्थानीय तह रहेको गोरखामा सबै भन्दा धेरै युवा जनसंख्या गोरखा नगरपालिकामा र कम जनसंख्या चुमनुब्रीमा रहेका छन् । गोरखा नगरपालिका युवा उमेर समूहको जनसंख्या २१ हजार ३१५ जना रहेका छन् भने चुमनुब्री गाउँपालिकामा २ हजार १७३ जना रहेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार पालुङ्टार नगरपालिकामा १३ हजार ५९९ जना, गण्डकी गाउँपालिकामा ८ हजार १२३ जना, सहिदलखन गाउँपालिकामा ८ हजार ८५ जना, बारपाक सुलिकोट गाउँपालिकामा ७ हजार ९२० जना र आरुघाट गाउँपालिकामा ७ हजार ८७४ जना रहेका छन् । त्यस्तै, सिरानचोक गाउँपालिकामा ६ हजार ५२५ जना, भिमसेनथापा गाउँपालिकामा ५ हजार ३३६ जना र अजिरकोट गाउँपालिकामा ४ हजार ६६६ जना रहेका छन् ।

युवा जनशक्ति राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवतर्नका संवाहक शक्ति हुन् । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या कुल जनसंख्याको ४०.३ प्रतिशत रहेको छ ।

त्यस्तै,सरकारले २०७९÷८० देखि ६८ वर्ष भन्दा माथिलाई बृद्ध भत्ता दिदै आएको छ । सोहि अनुसार ६८ बर्षदेखि माथि उमेरसमूहका कूल जनसंख्या गोरखामा २३ हजार ४ सय ९३ जना रहेका छन् । जिल्लाको कुल जनसंख्याको यो ९ प्रतिशत हुन आउछ । यसमा ६८ देखि ७० वर्ष उमेर समूहका ४ हजार १५ जना, ७१ देखि ८० वर्षका १२ हजार १९० जना, ८१ देखि ९० वर्ष उमेरका ४ हजार ४२६ जना र ९१ देखि एक वर्ष समूहका ८ सय ३ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्