| बुधबार, कार्तिक २५, २०८३

अनुमतिविना सडक पेटीमा मसला बेच्नेलाई कारवाही गर्न माग गर्दै बुझाए ज्ञापनपत्र

गोरखा चेम्बर अफ कमर्स संवद्ध मसला तथा किराना व्यवसायी संघ गोरखाले जिल्लाभित्र अनुमतिविना सडक पेटीमा मसला तथा खुल्ला रुपमा रङका सामग्री विक्री गर्नेलाई कारवाही गर्न माग गरेका छन ।

संघका अध्यक्ष अरविन्द गुप्ताले शुभदिपावलीको अवसर छोपेर गोरखा सदरमुकामका सडकपेटीमा खुल्लमखुल्ला अवैध रुपमा मसला, भाइमसला तथा खुल्ला रङ बिक्री गर्नेलाई कानूनी कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय, कर कार्यालय, गोरखा नगरपालिका, गोरखा नगरपालिका वडा नं ६ को कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् ।

संघले सडक पेटीमा राख्ने हानिकारक रङ हटाउने वा राख्न अनुमति नदिने, सडक पेटीमा राख्ने भाइमसला राख्न नदिने, बाहिरी जिल्लाबाट प्रवेश गर्ने फुटपाथ व्यापारीलाई करको दायरामा ल्याउने, पोका पोकी लिएर हिड्ने व्यापारीलाई उचित कारवाही गर्नुपर्ने माग गरेका छन् ।

अनाधिकृत रुपमा भाइ मसला तथा खुल्ला रङ विक्री गर्दा वर्षे देखि कर तिरेर व्यापार व्यवसायी गर्दै आएका व्यापारीहरु मर्कामा परेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्