| बुधबार, कार्तिक २५, २०८३

गोरखकाली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन : सुजन कुँवर

गोरखा नगरपालिका वडा नं ९ मा रहेको गोरखकाली बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा सुजन कुँवर चयन भएका छन् । शनिबार भएको सहकारीको ३२ औँ वार्षिक साधारण सभा तथा १६ औँ अधिवेशनबाट कुँवर अध्यक्षमा चयन भएका छन् ।

अधिवेशनले कुँवरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शशी बस्न्यात, सचिवमा देवेन्द्र बस्नेत, कोषाध्यक्षमा निर्मला अधिकारी चयन भएका छन् । समितिको सदस्यहरुमा भिमसेन कुँवर, देवसिंह बस्न्यात, शुभद्रा बस्न्यात, चन्द्र कुमारी वि.क., मिरा पुडासैनी, डिल्लिराम रेग्मी र गोमा कुँवर तिवारी चयन भएका छ्न ।
त्यस्तै, सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा भुवनसिंह बस्न्यात, दिलिप पुडासैनी, विमला थापा चयन भएका छन् ।

सहकारीमा आर्थिक वर्ष २०७९÷८० मा कुल कारोबार १७ करोड १६ लाख ९९ हजार भएको जनाएको छ । सोहि वर्ष एक करोड ८८ लाख ४४ हजार ६५३ रुपैया आम्दानी गरेको र एक करोड ६१ लाख ९८ हजार एक सय रुपैया खर्च भएको सहकारीले जनाएको छ । सो वर्ष २६ लाख ४६ हजार ५५९ रुपैया नाफा गरेको पनि सहकारीले जनाएको छ ।

सहकारीका अध्यक्ष सुजन कुँवरको अध्यक्षता तथा गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर, सहकारीका रामहरी केसी, गोरखा नगरपालिका कार्यालयका सहकारी शाखा प्रमुख चेतप्रसाद अम्गाईँ, जिल्ला बचत संघका महासचिव शुशिल बाबु अर्याल, जिल्ला सहकारी संघका अध्यक्ष बाबुराम कोइराला लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्