| बुधबार, कार्तिक २५, २०८३

संघियतालाई बलियो बनाउन प्रदेशलाई बलियो बनाउनुपर्छ : पृथ्वीसुब्बा गुरुङ


नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले संघीयतालाई बलियो बनाउनका लागि संघको अधिकार विकेन्द्रीकरण गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी गोरखाले शुक्रबार गोरखा सदरमुकाममा आयोजना गरेको बडा दशै शुभ दिपावली नेपाल सम्वत ११४४ तथा छठ पर्व लगायत सम्पूण पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सो कुरा बताएका हुन् ।


नेपाल जस्तो बहुजाति, बहुभाषभाषी, बहुधार्मिक, बहुसाँस्कृतिक मुलुकमा संघीयता अति आवश्यक रहेको बताउदै महासचिव गुरुङले यसलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न संघका अधिकारहरु प्रदेश र स्थानीय तहलाई विकेन्द्रीकरण गर्नुपर्ने बताए ।


सबै जनतालाई समान रुपमा राज्यको सेवासुविधा प्राप्तिका लागि संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्था ल्याउनु परेको पनि उनले बताए । कार्यक्रममा उनले संघीयता प्रभावकारी बनाउन संघ भएमा मन्त्रालय र विभागको संख्या घटाउनुपर्ने र प्रदेशलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका थिए ।


स्थानीय तहका कर्मचारीहरु समेत संघकै मातहतमा रहेकोप्रति असन्तुष्टि जनाउदै उनले गृह, परराष्ट्र लगायतका बाहेकका प्रशासनिक कार्यको प्रदेश र स्थानीयलाई नै जिम्मेवारी दिनुपर्ने उनले बताए । समावेशी लोकतन्त्रको अभ्यासले मात्र विविधता मुलुक नेपाली जनता खुशी हुने उनको भनाइ छ ।


त्यस्तै, अहिले संघीयता लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण गर्ने प्रयास भइरहेको बताउदै सबै राजनीतिक दलहरु राष्ट्रिय सहमतिका साथ यसलाई जोगाउनतर्फ लाग्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्