| बुधबार, कार्तिक २५, २०८३

गोरखामा १३ वटा पदमार्ग निर्माणका लागि एक करोड बढी रकम विनियोजन

पर्यटन तथा उद्योग कार्यालयमार्फत चालु आर्थिक बर्ष जिल्लामा १३ वटा पदमार्ग निर्माण हुने भएका छन् । बिभिन्न पालिकामा निर्माण हुने उक्त पदमार्गका लागि एक करोड ४५ लाख रकम विनियोजन भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सबैभन्दा बढी चुमनुव्री गाउँपालिकामा पदमार्ग निर्माणका चार वटा योजना छन् ।

वडा नम्वर २ को ल्हो गाउँ पर्यटकीय पदमार्ग निर्माणका लागि दश लाख रकम विनियोजन भएको छ । वडा नम्वर ३ र ६ जोड्ने फिलिम आँगा सस्र्यू हुदैँ लोक्पा जाने पदमार्ग निर्माणका लागि १५ लाख, वडा नम्वर ५ र ६ जोड्ने चुम्चेत धोर्जेन हुदैँ बिहिको रानागाउँ जाने पदमार्गका लागि दश लाख र वडा नम्वर ४ को छाकदेखि गप जाने पदमार्गका लागि ५ लाख रकम विनियोजन भएको कार्यालय प्रमुख सुर्य भुजेलले बताए ।

उनका अनुसार सिरानचोक, अजिरकोट र भीमसेन थापा गाउँपालिकामा दुई÷दुई वटा योजना परेका छन् । सिरानचोक गाउँपालिकाको आरुबोट श्रीनाथमण्डली पर्यटकीय पदमार्गका लागि २५ लाख र वडा नम्वर ३ को इदगाह मकुनडाँडा पदमार्ग निर्माणका लागि ५ लाख रकम विनियोजन भएको छ ।

त्यस्तै अजिरकोट गाउँपालिकाको सिरानडाँडा नागेपोखरी पर्यटकीय पदमार्गका लागि २० लाख र वडा नम्वर ३ को ज्ञानज्योती सिरानडाँडा पदमार्गका लागि १५ लाख रकम विनियोजन भएको कार्यालयले जनाएको छ ।

भीमसेन थापा गाउँपालिकाको चापाने गैरागाउँ दलित बस्ती पदमार्ग र वडा नम्वर ४ को देउराने साउने आहाल बाक्कालेखेत प्रतिक्षालय पदमार्ग निर्माणका लागि ५ लाखका दरले रकम विनियोजन भएको छ ।

गोरखा नगरपालिका, बारपाक सुलिकोट र शहिद लखन गाउँपालिकामा भने पदमार्ग निर्माणका एक÷एक वटा योजना परेका छन् । गोरखा नगरपालिका अन्तरगत मनकामनादेखि गोरखकाली मन्दिरसम्मको धार्मिक पर्यटन पदमार्गका लागि ५ लाख, बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर १ को बारपाक ताक्लेनानदेखि मम्चेडाँडा पदमार्गका लागि २० लाख र शहिद लखन गाउँपालिका वडा नम्वर ८ को ठुलो पधेरादेखि बस्ने पोखरीसम्मको पैदलमार्गका लागि ५ लाख रकम विनियोजन भएको कार्यालयले जनाएको छ ।

त्यस्तै चालु आव पालुङटार नगरपालिका वडा नम्वर १ मा अन्नपूर्ण मन्दिर पार्क निर्माण हुने भएको छ । पार्क निर्माणका लागि २० लाख रकम छुट्याइएको कार्यालय प्रमुख भुजेलले बताए । गण्डकी गाउँपालिका वडा नम्वर ६ मा भैरवीटार (पोखरीटार) पार्क समेत निर्माण हुने उनले जानकारी दिए । उनका अनुसार उक्त योजनाका लागि ५ लाख रकम विनियोजन भएको छ ।

यता शहिद लखन गाउँपालिका वडा नम्वर ८ को सन्तानेश्वर महादेव मन्दिर जिर्णाेद्धार तथा संरक्षणका लागि पनि १० लाख रकम विनियोजन भएको कार्यालयले जनाएको छ । भीमसेन थापा गाउँपालिकाको वडा नम्वर ५ मा पशुपति मन्दिर परिसर क्षेत्र बिकास तथा प्रवद्र्धनका लागि ५ लाख रकम छुट्याइएको बताइएको छ ।

गोरखा नगरपालिकाको रानीवन शहिद स्मृतिपार्क पूर्वाधार निर्माणका लागि पनि यसबर्ष १० लाख रकम विनियोजन भएको कार्यालयले जनाएको छ ।

यी सबै योजना उपभोक्ता समिति मार्फत गरिने कार्यालय प्रमुख भुजेलले बताए । ‘हामीले योजनाका बारे सम्बन्धित स्थानीय तहहरुलाई जानकारी गराइसकेका छौ,’ उनले भने, ‘सम्बन्धित वडाले उपभोक्ता समिति गठन गरेर पठाएपछि लागत अनुमान तयार गरेर हामी योजना सम्झौता गर्छाै ।’ बैशाख मसान्तभित्र काम सम्पन्न गरेर भुक्तानी गरिसक्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्