| आइतवार, कार्तिक २९, २०८३

एनआईसी एशिया बैंकको गोरखा शाखामा एटिएम सञ्चालनमा

दरौँदी ः एनआइसी एशिया बैंक लिमिटेडको गोरखा शाखाले एटिएमकार्ड सेवा सुरु गरेको छ । सन्चालनको छोटो समयमै दुईहजार भन्दा धेरै ग्राहक बनाइसकेको बैंकले ग्राहककै सेवालाई ध्यानमा राखेर एटिएम सुविधा सुरु गरेको बैंकको गोरखा शाखाका प्रमुख राजेन्द्र पुडासैनीले जानकारी दिए । बैंकले अहिले पर्य६न, कृषि तथा अन्य  उत्पादनशिल क्षेत्रमा पनि विशेष प्राथमिकताका साथ लगानी गरिरहेको पुडासैनीले जानकारी दिए ।

बैंकले हाल न्यु प्रिमियम समून्नती बचत खातामा दैनिक मौज्जादमा बार्षिक सात प्रतिशतका दरले र एक वर्षे मूद्धती खातामा बार्षिक १०.५० प्रतिशतका दरले ब्याज दिदै अइरहेको छ । बैंैकले एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम भिजा कार्ड, मिस्डकल बैंकिङ जस्ता सेवाहरु समेत उपलब्ध गराइरहेको बैंकले जनाएको छ । बैंकले हाल नेपाल भरी २३५ वटा शाखा कार्यलय र २२६ वटा शाखाबाट सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्