| बुधबार, कार्तिक २५, २०८३

पाठक पत्र : जयन्ती पुस्तकालयका विषयमा मेरो भन्नु

चैतन्यराज देवकोटा

पालुङटार नगरपालिका ४ बड्डाँडा, पण्डितगाउँ, बोहोरागाउँमा रहेको जयन्ती पुस्तकालयका विषयमा जे छापियो, त्यो सब ज्ञानभन्दा परका उल्टा सिधा सूचना प्रवाह भएको लग्यो । नाथ संस्कृतिका प्रबर्तक जगद्गुरु गोरखनाथ बाबाकै कृपाले जुम्ला तलीचउरबाट गोरखा आई श्रीनाथको दर्शन गर्नु भएको थियो । मेरो अध्ययनअनुसार चम्पाकर पाध्या नै करिब साठी बर्षको उमेरमा आएको बंशावली टिपोटको छायाप्रति मेरो बुबा उत्प्रेक्षा उत्समय प्रतिबोध(शत बार्षिकी उपसंग्रहमा दिएको सूचना हुने छ ।

त्यो पुस्तकालय भवनको अभिलेख होला । पण्डितगाउँ घरघरै पुस्तकालय जस्तै संग्रह हुने नै भयो । देवीस्थान कुन देवीको कहिले संस्थापना भएको कुनै पण्डित ज्ञात थिएन । पहिले पिँडीमा राखी शिक्षा दिइने प्रचलन नै गुरुकुल सम्झिने हो । पं हरिभक्त देवकोटाको शिक्षादान पिंडी जस्तै होला । गाउँमा बुझिए सुनिएअनुसार देवीस्थानमा केही समयमात्र सिजनल विद्यार्थी शिक्षारम्भ गर्ने चलन थियो ।

हरिभक्त उपाध्याय खरिबोटका धिताल परिवारलाई पढाउन चेपेपारि साइलीटार वेतनवृति(धानमा धितालहरूकै खेतबारीमा बसेर धितालका छोराहरू पढाउने गरेको उनको चेला स्व. विष्णुप्रसाद आदि) केही समय गएका थिए । उनका माहिलो छोरा चेपेको जंघार तर्दा बगेर मरेपछि घर फर्किए ।

पण्डितगाउँ अक्सर टपरी सिदा आयबाट पनि निर्भर हुनु पथ्र्यो । पर्दा कथा पुराणबाट निरभरण पं माधवप्रसादको एउटा अर्धकदको शालिकसम्म पण्डित गाउँमा हुन नसकेकोमा खेद लाग्दछ । बडडाँडा, देवकोट आदि चम्पाखर पाध्यायका बंशजविद, यूद्धनीतीज्ञ यूद्धक्षेत्रका ज्योतिष भगीरथ जैसी नै गोरखाका यूद्धविज्ञ देखिन्छन् । उनका सम्बन्धमा कतिपय विद्वानवृन्द तथा गोरखा अुसन्धानबाट अध्ययन भएका छन । तिनमा प्राज्ञ दिनेशराज पन्त सम्पादित अनेक कृति नै आधिकारिक पाइन्छ ।
धन्यबाद

पालुङ्टार, गोरखा(हाल काठमाडौं)

यो पनि पढनुहोस

प्रतिक्रिया दिनुहोस्