| बुधबार, कार्तिक २५, २०८३

लेक लागेका बिरामी पर्यटक उद्धार गर्ने हिजोको प्रयास बिफल, आज पनि प्रयास गरिने


उत्तरी गोरखाको चुम्चेतमा लेक लागेर दुई बिदेशी नागरिक बिरामी परेका छन् । अमेरिकी नागरिक इरिक कोनेल ओलरज र स्वीजरल्याण्ड नागरिक सोल्भे सोफिया सिह्यूल चुमनुव्री गाउँपालिका वडा नम्वर ६ रिप्चेतस्थित लुम्जेन गुम्वा पुगेपछि बिरामी भएका हुन् ।

उनीहरुलाई हेलिकोप्टरबाट उद्धार गर्न खोजेपनि आइतवार असफल भएको छ । आइतबार अपरान्ह हेलि उडान गर्न प्रतिकूल भएकाले उद्धार हुन नसकेको हो ।


आवश्यक सबै प्रक्रिया पूरा भएपनि आइतवार हेली उडान नभएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । ‘बिरामीको हेलिबाट उद्धार गर्नुप¥यो भनेर सिफारिसका लागि हामीलाई बिहान खवर आयो,’ उनले भने, ‘हामीले गृहमा लेखेर पठायौँ र गृहले अल्टिच्यूड एयरको हेलिबाट उद्धार गर्ने अनुमति पनि दियो, तर आइतवार हेली आएन ।’ अल्टिच्यूड एयरका सुदिप प्याकुरेलले आज(सोमवार) बिहानै उद्धारका लागि हेली उडान हुने बताए ।

‘आइतवार दिनभर उहाहरुसँग सम्पर्क हुन सकेन, वेलुका मात्र सम्पर्क भयो, भोलि(सोमबार) बिहानै हेली उडाउछौँ भनेको छु,’ उनले भने

प्रतिक्रिया दिनुहोस्