| बुधबार, कार्तिक २५, २०८३

बाल उद्धार अभियानद्वारा लक्षित बालबालिकालाई सहयोग सामग्री प्रदान


बाल उद्धार अभियान नेपालले गोरखाका अनाथ, अति विपन्न तथा दलित बालबालिकालाई सहयोग सामग्री प्रदान गरेको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सो संस्थाले आइतबार पालुङटार नगरपालिका १० को मिरकोट मावि र वडा नं. ९ स्थित धर्मोदय माविमा अध्ययन गर्ने बालबालिकालाई सहयोगी सामग्री प्रदान गरेको हो ।


आइतबार मिरकोट माविमा पुगेर बाल उद्धार अभियान नेपालका संस्थापक अध्यक्ष ज्ञान पन्तले त्यहाँ अध्ययनरत करिब एकसय ५० जना बालबालिकालाई स्वास्थ्य तथा सरसफाइसम्बन्धी सामग्री र स्टेशनरी सामग्री प्रदान गरेका हुन् ।
बाल उद्धार अभियान नेपालका लागि सहयोगी संस्था चिल्ड्रेन रेस्क्यू मिसन अमेरिकाका दुईजना प्रतिनिधिसमेत सहभागी भएको सो कार्यक्रममा मिरकोट माविमा अध्ययनरत अति विपन्न पाँचजना बालबालिकालाई कम्मल पनि प्रदान गरिएको थियो ।


यसअघि गत शुक्रबार धर्मोदय माविमा आयोजित कार्यक्रममा त्यहाँ उपस्थित ११ जना बालबालिकालाई लुगा कपडा, स्टेशनरी तथा सरसफाइ सामग्री प्रदान गरिएको थियो ।


नेपाली कांग्रेसका गोरखा जिल्ला समितिका कोषाध्यक्ष बलराम खड्काको समयन्वयमा कार्यक्रम भएको हो ।


यसअघि सो संस्थाले मानव बेचबिखनविरुद्ध जनचेतना जगाउने कार्यक्रम पनि हुने गरेका थिए भने दलित, गरिब, अनाथ बालबालिकालाई पुनस्र्थापित गराउने तथा पठनपाठनमा सहयोग गर्ने खालका कार्यक्रम हुदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्