| बुधबार, कार्तिक २५, २०८३

फिनाममा कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम


नेपाली कांग्रेस गोरखा नगरपालिका वडा नं. ४ को कार्यसमितिले दशैं, तिहार, छठ, नेपाल सम्बतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।


वडा कार्यसमितिका सभापति शंकरबहादुर थापाको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि कांग्रेस जिल्ला कार्यसमितिका सदस्य खोपबहादुर (रामशरण) अधिकारी, विशेष अतिथि नगर सभापति चन्दनबाबु खत्री, वडा नं. ४ का वडाअध्यक्ष लालप्रसाद भट्टराई, एमालेका वडा कमिटीका अध्यक्ष तेजजंग थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका वडा समिति सभापति रामबहादुर कुँवरलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका कांग्रेसका वडा सचिव माधवबाबु थापा मगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्