| बुधबार, कार्तिक २५, २०८३

६८ औ प्रहरी दिवस : ४९ जना प्रहरी कर्मचारी पुरस्कृत, अमर प्रहरी परिवार सम्मानित

जिल्ला प्रहरी कार्यालय गोरखाले उत्कृष्ट कार्यसम्पादन गर्ने ४९ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ । ६८ औ प्रहरी दिवसको अवसरमा मंगलवार आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेमा प्रहरी नायव उपरिक्षक रमेशकुमार श्रेष्ठ, प्रहरी निरिक्षक सुरेन्द्र तामाङ, रविन्द्र अधिकारी, प्रहरी बरिष्ठ नायव निरिक्षक उत्तमप्रसाद पौडेल, प्रहरी नायव निरिक्षक ओपेन्द्रकुमार शाही, प्रहरी सहायक निरिक्षक बिदुर खत्री, पविता थापा, मन्दिप पौडेल र बसन्त पौडेल रहेका छन् । त्यस्तै प्रहरी हवल्दारहरु रविन गुरुङ, टेकबहादुर भण्डारी, सोनी बिक, धनबहादुर थापा, टोप बहादुर पचभैया, ध्रुव थापा र कमानसिंह गुरुङपनि पुरस्कृत भएका छन् ।

प्रहरी सहायक हवल्दार सुर्य बहादुर दुरा, मधुसुदन बिष्ट, जिवन दरै, सुनिल पोखरेल, सुनिला थापा, यमनारायण महतो, हिरालाल चौधरी, नेत्रलाल थनेत र नारायण न्यौपानेलाई पनि पुरस्कृत गरिएको कार्यालयले जनाएको छ । प्रहरी जवानहरु घनश्याम ज्ञवाली, नारायण देवकोटा, मिलन राना, कृष्णकुमार अहिर, राजेन्द्र भण्डारी, सुजन थापा, डम्वर पुन मगर, हस्तबहादुर सुनार, तमबहादुर बिक, राम धामी, भुवन लामिछाने, सुमन थापा, बुल बहादु थापा, कृष्ण बहादुर थापा, केशव श्रेष्ठ, दिनेश भण्डारी, कल्पना राना, सुरक्षा परियार, सोनिसा गिरी र नविन थारु पनि पुरस्कृत भएका छन् ।

त्यस्तै पुरस्कृत हुने प्रहरी कार्यालय सहयोगीमा घबहादुर आले, रिजय ठाकुर, रामबहादुर आले र सनम तामाङ रहेका छन् ।

दिवसकै अवसर पारेर जिल्ला प्रहरी कार्यालयले अमर प्रहरी परिवारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा गोरखा नगरपालिका वडा नम्वर ३ की निर्मला परियार, वडा नम्वर ५ का कृष्ण कुवँर, वडा नम्वर ६ की जसमाया गुरुङ, जंग कुमारी श्रेष्ठ र वडा नम्वर ८ की भुलमाया गुरुङ रहेका छन् । त्यस्तै सिरानचोक गाउँपालिका वडा नम्वर ५ की प्रमिला घिमिरे, वडा नम्वर ६ का ज्ञानेन्द्र सुवेदी, बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर ८ की सरिता पुडासैनी र शहिदलखन गाउँपालिका वडा नम्वर ८ की कमला नेपालीलाई पनि सम्मान गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उनीहरुलाई दोसल्ला ओडाएर कदर पत्रले सम्मान गरिएको हो ।

दिवसको सन्दर्भमा प्रहरी कर्मचारीबीच संचालित विभिन्न प्रतियोगिताका बिजेताहरुलाई पनि कार्यक्रमको अवसर पारेर पुरस्कार वितरण गरिएको छ । टेवल टेनिसतर्फ पहिलो भएको प्रहरी जवान ज्ञान बहादुर लामिछाने र रजिन दरैको जोडी र दोस्रो स्थान हासिल गरेको प्रहरी हवल्दार रविन गुरुङ र सहायक हवल्दार छबिलाल पाण्डेको जोडीलाई पुरस्कार वितरण गरिएको हो । त्यस्तै ब्याडमेन्टन प्रतियोगितातर्फ पहिलो बनेको प्रहरी हवल्दार कमानसिंह गुरुङ र प्रहरी जवान प्रेम थापाको जोडी र दोस्रो बनेको प्रहरी सहायक हवल्दार खीलबहादुर गुरुङ र प्रहरी जवान घनश्याम ज्ञवालीको जोडीलाई पनि पुरस्कृत भएका छन् ।

कार्यक्रमकै अवसरमा गत असोज १३ गते सम्पन्न भएको जिल्ला स्तरीय निवन्ध लेखन प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा रामेश्वरी माविकी कुञ्जला भट्ट पहिलो, शक्ति माविकी खुश्वुकुमारी जयसवाल दोस्रो, रत्नराज्य माविकी बबिता कुमारी तेस्रो भएका थिए । उनीहरुले क्रमश दश हजार, सात हजार र पाँच हजार नगद पुरस्कार वितरण गरिएको कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी अनुपम श्रेष्ठको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख लिला परियार, गोरखा नगरपालिका वडा नम्वर ६ का अध्यक्ष राजेन्द्रकुमार जोशी, नेपाली कांग्रेसका गगन अधिकारी, एमालेका काजिराम रोका, माओवादी केन्द्रका धुव्र भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका अमृत भट्टराई, राप्रपा नेपालका कुल बहादुर बस्नेत, सामुदायिक सेवा केन्द्रका अध्यक्ष रामहरी केसी, पत्रकार महासंघ गोरखाका कार्यवहाक अध्यक्ष नरेन्द्र ढकाल, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, जेष्ठ नागरिक संघका जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठ, डिएसपी रमेशकुमार श्रेष्ठ, पुर्व प्रहरी संगठन गोरखाका अध्यक्ष दिपक योगी लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्