
गुरुकुललाई सहयोग गरी बहुगोत्री मिलन समाजको स्थापना दिवश मनाइयो
विभिन्न स्थानबाट गोरखा सदरमुकाम आई बसोबास गरेकाहरुको साझा संस्था(गुठी) बहुगोत्री मिलन समाजले एक कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।
गोरखा सदरमुकामको गोरक्षधाम वैदिक गुरुकूलमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको समाजका सचिव राजन ढुंगानाले जानकारी दिए ।
सोमबार बिहान गुरुकूलका लागि खाद्यान्न लगायतका सामग्री प्रदान गर्दै स्थापना दिवस मनाएको उनले बताए । समाजका अध्यक्ष सरोज पोखरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गुरुकूलका लागि चामल, दाल, नून, चिनी, च्यूरा, बिस्कुट लगायतका सामग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा हिन्दू नेपालीहरुको महानपर्व दशैँ, तिहार, छठको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरिएको थियो ।




