
पालुङटारका बानियाँ घरभित्रै मृत भेटिए
पालुङटार नगरपालिका–३ पाथीभराको एकघरभित्र मृत अबस्थाका पुरुष भेटिएका छन् । ५२ बर्षीय गोविन्द वानिया आफ्नै घरभित्र मृत फेला परेका प्रहरीले जनाएको छ ।
‘शव कुहिएर गन्हाउन थालिसकेको रहेछ,’ डिएसपी रमेशकुमार श्रेष्ठले भने, ‘मरेको धेरै दिन नै भइसकेको हुनुपर्छ ।’ घरभित्रबाट गन्ध आउन थालेपछि स्थानीयले आइतवार प्रहरीलाई खवर गरेका थिए ।
खवर पाएलगतै प्रहरी घटनास्थल पुगेको थियो ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।




