| बुधबार, कार्तिक २५, २०८३

रोटरी क्लबको सचिवालय अब आफ्नै भवनमा

रोटरी क्लब अफ गोरखाको सचिवालय आफ्नै भवनमा सरेको छ । गोरखा नगरपालिका–८ प्रतिक्षालयचोकस्थित निर्माण भइरहेको क्लबको नयाँ भवनमा सचिवालय सारिएको हो ।

आइतवार एक कार्यक्रमका बीच गृह प्रवेश गर्दै सचिवालय सारिएको क्लबका अध्यक्ष ज्ञानहरि अर्यालले बताए ।

‘भवन निर्माणाधीन अवस्थामा छ । पहिलो तल्ला तयार भइसकेको छ’, उनले भने, ‘सचिवालय त्यहीँ सारेका हौँ ।’ हाल भाडामा क्लबको सचिवालय संचालन हुदै आएको जानकारी गराउँदै उनले थपे, ‘पहिलो तल्ला तयार भयो । किन अन्यत्र भाडा तिरिराख्नु भनेर निर्माण सम्पन्न नभए पनि सचिवालय सारेका हौँ ।’

कार्यक्रममा वडाध्यक्ष ऋषि खत्री, भवन निर्माण संयोजक कृष्णप्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो । क्लबको नाममा रहेको साढेँ पाँच आना जग्गामा क्लबको भवन निर्माण भइरहेको हो ।

भवनको संरचनाको काम सम्पन्न भएपनि फिनिसिङ बाँकी रहेको बताइएको छ । भवन निर्माणको कुल लागत एक करोड रहेको क्लबका अध्यक्ष अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्