
गोरखा उवासंघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
भोलिबाट शुरु भएको हिन्दु नेपालीहरुको महान चाड दशैको शुभकामना आदान प्रदान कार्यक्रम भएको छ । गोरखा उद्योग वाणिज्य संघको आयोजनामा शनिवार कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागीहरुले आर्थिक मन्दीका कारण व्यवसायलाई परेको समस्या समाधानका लागि सबै मिलेर अगाडि बढुनुपर्नेमा जोड दिएका थिए । साथै चाडपर्वमा सबैलाई सकारात्मक सोचको विकासका लागी हौसला प्रदान होस् भनी कामना समेत गरिएको थियो ।
संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य नन्दप्रसाद न्यौपाने, जिल्ला समन्वय समितिका उपप्रमुख लिला परियार, गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जीवनज्योति श्रेष्ठ, एमालेका जिल्ला सचिव काजीराम रोका, माओवादी केन्द्रका प्रदेश सदस्य अंकुर तिमिल्सिना, संघका पुर्व अध्यक्ष इश्वरकाजी मास्के लगायतले मन्तव्य राखेका थिए ।




