| बुधबार, कार्तिक २५, २०८३

ओम बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भट्ट

गोरखा नगरपालिका–४ फिनाममा रहेको ओम बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा रमेश भट्ट चयन भएका छन् ।

शनिबार भएको सहकारीको तेस्रो साधारण साभा तथा दोस्रो अधिवेशनले भट्टको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा विन्दा पाण्डे बानियाँ, सचिवमा नानीकाजी खत्री, कोषाध्यक्षमा राजकुमार थापा र सहसचिवमा राजु थापा चयन भएका छन् । सदस्यहरुमा किसान राणा, खिल प्रसाद तिवारी रहेका छन् ।

५ सय ८२ जना सदस्य रहेको उक्त सहकारीले गत आव एक लाख ५७ हजार मुनाफ कमाएको जनाएको छ । त्यस्तै गत बर्ष दुई करोडभन्दा बढीको कारोबार भएको सहकारीका सहसचिव राजु थापाले बताए । हाल गोरखा नगरपालिका–६ हस्पिटल चोकबाट सेवा दिदै आएको संस्थाले जनाएको छ ।

सहकारीका पुर्व अध्यक्ष कृष्णजंग थापाको अध्यक्षता तथा गोरखा नगरपालिका–४ का वडाध्यक्ष लालप्रसाद भट्टराइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाका निवर्तमान अध्यक्ष रामशरण अधिकारी, सहकारीका सल्लाहकार गोपाल खड्का लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्