
द्रव्यशाह क्याम्पसमा लोकसेवा आयोगको परीक्षा प्रणाली सम्बन्धी अभिमुखीकरण
विद्यार्थी लाई निजामती सेवामा आकर्षित गर्ने उद्देश्यले लोकसेवा आयोगको परिक्षा प्रणाली सम्वन्धी अभिमुखीकरण कार्यक्रमको सम्पन्न भएको छ ।
गोरखाको लक्ष्मीबजार स्थित द्रव्यशाहबहुमुखी क्याम्पसमा गण्डकी प्रदेश लोकसेवा आयोगले उक्त अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।
द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीको सभापतित्वमा भएको कार्यक्रममा गण्डकी प्रदेश लोकसेवा आयोगका अध्यक्ष विष्णु प्रसाद नेपाल, सदस्य कल्पना लम्साल, उपसचिव थम्मन सिंह गौतमले सहजीकरण गर्नुभएको थियो । मानविकी, व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरु सहभागीता रहेको थियो ।




