
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका चालु आवको बजेट ५ करोड
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको चालु आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक स्विकृत कार्यक्रम सार्वजनिक भएको छ । जिल्ला सदरमुकाममा विहीबार एक कार्यक्रमका बीच कार्यालयले चालु आवको स्विकृत कार्यक्रमहरु सार्वजनिक गरेको हो । चालु आव गोरखा र तनहूँलाई गरी कुल ५ करोड ५ लाख रकम प्राप्त भएको कार्यालय प्रमुख पुर्ण ढुंगनाले बताइन् । पुँजिगत तर्फ ४० लाख र चालु तर्फ ४ करोड ६५ लाख रकम प्राप्त भएको उनले जानकारी दिइन् ।
चक्लाबन्दीमा पकेट÷ब्लक÷जोन संचालनको लागि सहकारी र निजी क्षेत्रबाट माग संकलन, सम्भाव्यता अध्ययन र कार्यान्वयनमा सहयोगका लागि ६० लाख रकम विनियोजन भएको उनले बताइन् । पुराना चक्लाबन्दी कार्यक्रमको निरन्तरता तथा व्यवस्थापन सहयोगमा ९ लाख र गत वर्ष विस्तार भएका क्षेत्र र नयाँ विस्तार हुने क्षेत्रमा सिंचाइ पुर्वाधार निर्माणका लागि ९१ लाख बजेट विनियोजन भएको उनले जानकारी दिइन् ।
प्राविधिक शिक्षालयको साझेदारीमा व्यवसायिक उत्पादन कार्यक्रम संचालन अनुदानमा ११ लाख २८ हजार, सुन्तलाजात फलफुल बगैचामा खाद्य तत्व÷सुक्ष्म तत्व, व्यवस्थापन प्रदर्शनी कार्यक्रममा तीन लाख ५० हजार, धानको विज वृद्धि कार्यक्रम÷स्वदेशी हाइब्रिड धान प्रदर्शनका लागि ६ लाख ४० हजार र ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ वितरण÷धान बालीमा नविन प्रविधि प्रदर्शनका लागि ८ लाख ८५ हजार विनियोजन भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आलु जातीय उत्पादन प्रदर्शन कार्यक्रमका लागी ८ लाख, ५० प्रतिशत अनुदानमा पि. बीएस÷उन्नत आलु बीउ वितरणका लागि ३ लाख ९२ हजार, आलु बालीमा नविनतम प्रविधि प्रदर्शन तथा स्थलगत तालिमका लागि एक लाख ६० हजार र तरकारी क्षेत्र विस्तार तथा नविनतम उन्नत प्रविधि प्रदर्शनका लागि ७ लाख ५२ हजार विनियोजन भएको छ ।
त्यस्तै ५० प्रतिशत अनुदानमा तरकारीको उन्नत÷हाइब्रिड विउ वितरणका लागि ४ लाख, स्थानीय तहसँगको समन्वयमा नर्सरी श्रोत केन्द्र स्थापना÷सुढृढीकरणका लागि ६ लाख, फलपूmलका नीजि नर्सरी सुदृढीकरणका लागि १० लाख र बाली तथा बस्तुको उत्पादकत्व निर्धारणमा ३० हजार, जोन÷सुपरजोन प्रभाव क्षेत्रमा क्षेत्रफल विस्तार(सुन्तला) मा १३ लाख ५० हजार रकम विनियोजन भएको छ ।
सुन्तला जात फलफुल बगैचामा खाद्यतत्व÷सुक्ष्मतत्व, व्यवस्थापन प्रदर्शनी कार्यक्रमका लागि ३ लाख ५० हजार, बगैचा सुदृढीकरण कार्यक्रमका लागि २४ लाख विनियोजन भएको बताइएको छ । जोन क्षेत्रमा ५० प्रतिशत अनुदानमा कृषि यान्त्रिकरण सहयोग कार्यक्रम अन्तरगत ३० लाख, क्षेत्र विस्तार हुने स्थानको माटो परिक्षण सेवा तथा आकस्मिक बाली संरक्षण सेवा कार्यक्रमका लागि ४ लाख १३ हजार र जोन संचालन समन्वय समितिको गठन÷पुनगठन÷परिचालनका लागि २ लाख रकम विनियोजन भएको कार्यालयले जनाएको छ ।
सिट्रस ग्रिनीङ पहिचान गर्न नमूना संकलन तथा परिक्षण सहयोगका लागि एक लाख र सुन्तलाजात फलफुलको नमुना बगैचा स्थापना कार्यक्रमका लागि २१ लाख बजेट विनियोजन भएको बताइएको छ । कार्यक्रममा सहभागी वक्ताहरुले सम्भाव्यता अध्ययन गरी जिल्लालाई सुहाउँदो कार्यक्रम ल्याउनुपर्ने बताए ।
रैथाने बालीको संरक्षण गर्ने खालका कार्यक्रमहरु लागु गर्नुपर्ने, स्थानीयस्तरमा उत्पादित बस्तुहरुको बजार व्यवस्थापनको ग्यारेन्टी गरिदिनुपर्ने र अनुदान मार्फत संचालन भएका कार्यक्रमहरु निरन्तर संचालन भए नभएको अनुगमन गर्नुपर्ने उनीहरुले सुझाव दिएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख लिला परियार, गोरखा नगरपालिका प्रमुख कृष्ण राना मगर, विभिन्न पालिकाका उपप्रमुख, प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसाल, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरु, राजनीतिक दल लगायतकाको सहभागिता रहेको थियो ।




