| बुधबार, कार्तिक २५, २०८३

प्रशासनिक भवन गण्डकी गाउँपालिकाको मुख्य चुनौती

प्रशासनिक भवन नहुदाँ कार्य सम्पादनमा समस्या हुने गरेको गण्डकी गाउँपालिकाले जनाएको छ । गत आर्थिक बर्ष २०७९÷८० को बार्षिक प्रगति समिक्षा सार्वजनिक गर्दै पालिकाले प्रशासनिक भवन अभाव पालिकाको मुख्य समस्या रहेको बताएको छ । केन्द्र विवादका कारण हालसम्म उक्त गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य अघि बढ्न सकेको छैन । राजनीतिक जुगाँको लडाइने केन्द्र निर्धारणमा समस्या हुदै आएको हो ।

गत आव पालिकाको खर्च प्रगति ७८ प्रतिशत रहेको छ । कुल विनियोजित ७० करोड ९० लाख रकममध्ये ५५ करोड ३० लाख रकम खर्च भएको पालिकाले जनाएको छ । गत आव पालिकाले आर्थिक बिकासतर्फ ५ करोड ८८ लाख रकम विनियोजन गरेको थियो । जसमध्ये १ करोड ५३ लाख मात्र खर्च भएको छ । त्यस्तै सामाजिक बिकास तर्फ विनियोजित ३२ करोड ७ लाख रकममध्ये २९ करोड ६७ लाख खर्च भएको पालिकाका योजना शाखा प्रमुख गोपी कोइरालाले बताए ।

उनका अनुसार पूर्वाधार बिकासतर्फ २० करोड ७७ लाख विनियोजन भएकोमा १४ करोड ४५ लाख रकम खर्च भएको छ । सुशासन तथा संस्थागत बिकास तर्फ ३ करोड ९ लाख छुट्याइएको थियो । जसमध्ये २ करोड ३० लाख खर्च भएको छ । कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ विनियोजन भएको ९ करोड ८ लाख रकममध्ये ७ करोड ३४ लाख रकम खर्च भएको पालिकाले जनाएको छ ।

पालिकाको सिमान्तकृत (प्रजा, भुजेल, बराम, माझी) दलित समुदायको गरिवि न्यूनिकरण तथा क्षमता बिकास कार्यक्रमका लागी गत आव संघ सरकारबाट ८३ लाख रकम विनियोजन भएको थियो । उक्त रकममध्ये ७१ लाख खर्च भएको छ । त्यस्तै संघीय सरकार बिशेष अनुदान कार्यक्रम अन्तरगत गत आव बिषादी रहित गण्डकी अवधारणा अन्तरगत प्राङ्गारीक मल उत्पादन अर्गानिक खेती प्रवद्र्धन एवं प्रशोधन केन्द्र निर्माणका लागी १ करोड विनियोजन भएकोमा ३४ लाख रकम मात्र खर्च भएको छ ।

त्यस्तै गत आव पालिकाले बिभिन्न वडामा योजना अनुसारको रकम विनियोजन गरेको थियो । वडा नम्वर १ मा ३० योजनाका लागी १ करोड एक लाख, वडा नम्वर २ मा ३५ योजनाका लागी १ करोड १५ लाख, वडा नम्वर ३ मा २१ योजनाका लागी १ करोड १० लाख र वडा नम्वर ४ मा २३ योजनाका लागी १ करोड १० लाख रकम विनियोजन गरेको थियो ।

त्यस्तै वडा नम्वर ५ मा २९ योजनाका लागी १ करोड १५ लाख, वडा नम्वर ६ मा २८ योजनाका लागी १ करोड ३५ लाख, वडा नम्वर ७ मा २२ योजनाका लागी १ करोड २० लाख र वडा नम्वर ८ मा ३३ योजनाका लागी १ करोड २० लाख रकम विनियोजन भएको पालिका योजना प्रमुख कोइरालाले बताए ।

गत आव पालिकाले दुई वटा ऐन, एक मापदण्ड र १४ वटा कार्यविधि बनाएको छ । आर्थिक बर्ष २०७४÷७५ देखि हालसम्म २३ वटा ऐन, ५ नियम÷नियमावली, ४ निर्देशिका, ३ मापदण्ड र ५३ कार्यविधि निर्माण भइसकेको पालिकाले जनाएको छ । ड्रोन र सिसिटिभी जस्ता प्रविधिको उच्चतम उपयोग गरी योजनाहरुको अनुगमन र बिद्यालय मर्च गरी शिक्षक दरवन्दी मिलानलाई पालिकाले प्रमुख उपलब्धीको रुपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्