| बुधबार, कार्तिक २५, २०८३

कांग्रेसको दोस्रो जिल्ला सम्मेलन भोलिबाट शुरु, गगन थापाद्धारा उद्घाटन हुने

नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन भोलिबाट शुरु हुदैछ ।

तीनधारेस्थित पार्टी कार्यालयमा हुने सम्मेलनको विहान ११ बजे कांग्रेसका महामन्त्री गगन थापाद्धारा उद्घाटन गरिने बिहीवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । ‘हामीले वडादेखि क्षेत्रसम्मको सम्मेलन सक्यौ,’ कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले भने, ‘अव भोलीबाट जिल्ला सम्मेलन हुन्छ ।’

दुई दिनसम्म चल्ने सम्मेलनमा विगत दुई बर्षमा पार्टीले गरेको कामको समिक्षा र भावी रणनीति बारे छलफल हुने उनले बताए ।

‘अहिले देखिएको समस्याको बारेमा पछि छलफल गर्छाै, गोरखाको बिकासका निम्ति पार्टीको भूमिका के रहन सक्छ भन्ने बिषयमा पनि छलफल हुन्छ,’ न्यौपानेले भने । सम्मेलनले राष्ट्रिय नीति निर्माणका लागी केन्द्रलाई दिने सुझाव समेत तय गर्ने उनको भनाइ छ । सम्मेलनमा १७ सयभन्दा बढीको सहभागीता रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्