
गोरखामा ६ दिनदेखि हराएका परियार मृत फेला
विगत ६ दिनदेखि सम्पर्कविहिन भएका ५३ बर्षीय भिमबहादुर परियार मृत फेला परेका छन् ।
गोरखा नगरपालिका–१० ठुटेबजारस्थित दरौदी नदी किनारमा वुधवार बिहान उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गोरखा नगरपालिका–३ घरभई हाल सिरानचोक गाउँपालिका–६ नयाँसाघुँ बस्दै आएका उनी यही असोज १९ गतेबाट सम्पर्कविहिन थिए ।
खोजी गरिदिन भन्दै उनका परिवारले निवेदन दिए पश्चात प्रहरीले खोजी कार्य तिव्र बनाएको थियो । नदी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका हुन् । शव गोरखा अस्पतालमा पोष्टमार्टम गरेर आफन्तलाई बुझाइएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।




